१५ बैशाख २०८१, शनिबार

तीन हवाई रुट उपलब्ध गराउन प्रधानमन्त्री देउवाको आग्रह

pm india

प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदी समक्ष थप तीन वटा हवाई रुट उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट थप हवाई रुट उपलब्ध गराउन माग गर्नुभएको हो । नयाँदिल्लीको हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

‘हामीले नागरिक उड्डयनको विषयमा पनि छलफल गरेका छौं । हामीले नेपालको आग्रह अनुसारको नेपाल प्रवेशको थप हवाईमार्ग माग गरेका छौं ।,’ भारतीय समकक्षी मोदीसँगको भेटवार्ता सो विषयमा छलफल भएको जानकारी दिनुहुँदै उहाँले महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट थप हवाई रुट माग गर्नुभएको हो ।

त्यस्तै, भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनका लागि सहयोगका लागि पनि प्रधानमन्त्री देउवाले आग्रह गर्नुभएको छ ।

    सम्बन्धित समाचार...