४ बैशाख २०८१, मंगलवार

आफ्नै बलबुताले लड्छौं, राप्रपाले कसैसँग तालमेल गर्न आवश्यक छैन: राजेन्द्र लिङ्देन

Rajendra Lingden

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको चुनावमा राप्रपाले कसैसँग गठबन्धन गर्न आवश्यक नरहेको बताएका छन् । शुक्रबार उदयपुर सदरमुकाम गाईघाटमा राप्रपा उदयपुरद्वारा आयोजित सभालाई सम्बोधन गर्नेक्रममा अध्यक्ष लिङ्देनले आवश्यकता हेरी गठबन्धन गर्न सकिने भएपनि राप्रपासँग आफ्नै बलबुताले लड्ने क्षमता रहेको बताए ।

अध्यक्ष लिङ्देनले स्थानीय निर्वाचनमा सुशासनको मुद्दालाई मूल विषय बनाउने बताए । उनले देश ३१ वर्ष निक्कमाहरूले शासन गर्दा अहिलेको अवस्था आएको आरोप लगाए । सभामा राप्रपाका केन्द्रीय नेता विक्रम पाण्डे, हरिबहादुर बस्नेत, ज्ञानेन्द्र शाही लगायतले सम्बोधन गरेका थिए ।