१६ चैत्र २०८०, शुक्रबार

अर्धशतक युवा खेलाडी रोहितको पहिलो टी २० अन्तराष्ट्रियमा

rohit 1

नेपाली टोलीका मध्यक्रम ब्याटर रोहितकुमार पौडेलले त्रिदेशीय अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत मलेसियाविरुद्धको खेलमा अर्धशतक प्रहार गरेका छन् ।

नेपाली युवा खेलाडी रोहित पौडेलले ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा यो पहिलो अर्धशतक हो । मलेसियाविरुद्धको खेलमा रोहितले तेस्रो नम्बरमा ब्याटिङमा आएर करियरको पहिलो अर्धशतक बनाएका हन ।

नेपालको स्कोर सन् २०१९ मा यूएईविरुद्ध टी २० मा डेब्यु गरेका रोहितले १५ खेलमा आएर अर्धशतक बनाएका हुन ।

त्रिवि त्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालबाट तेस्रो नम्बरमा ब्याटिङमा आएका रोहितले ३२ बलमा पाँच चौकासहित ५० रन पूरा गरे ।

टी २० मा डेब्यु गरेका करिब तीन बर्षपछि उनले पहिलो अर्धशतक बनाउन सफल भए ।

एकदिवसिय क्रिकेटमा कम उमेरमा शतक बनाउने नबौं खेलाडी बनेका रोहित पछिल्लो पटक राम्रो लयमा रहेका छन ।

यो अर्धशतक अगाडी उनको उच्च स्कोर ४१ रनको थियो । नेपालको स्कोर ३६ रनमा दुई विकेट हुँदा क्रिजमा आएका रोहितले दिपेन्द्रसिंह ऐरीसँग ९६ रनको साझेदारी गरेका थिए । तर उनी ३४ बलमा पाँच चौकाको मद्दतमा ५१ रनमा आउट भए ।