११ बैशाख २०८१, मंगलवार

काँग्रेस पार्टी छोड्दा हुन्छ गठबन्धन गर्ने निर्णय नमान्नेले: प्रकाशमान सिंह

prakashman singh scaled
फाइल फोटो

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तह निर्वाचनमा पार्टीले गरेको निर्णय सबैले मान्नुपर्ने बताएका छन् । शुक्रबार काँग्रेस काठमाडौ क्षेत्र –१ द्वारा नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा सिंहले पार्टीको निर्णय नमानेहरु पार्टी छाडेर जाँदा हुने बताए ।

काँग्रेसभित्र बसेर काँग्रेस कमजोर बनाउनेहरु पार्टीमा बस्नु भन्दा बाहिरिँदा राम्रो हुने सिंहले बताए । ‘यसपटक चुनावमा काँग्रेसका नेता कार्यकर्ता कसले के गरेको छ ? सबैको एक–एक हिसाब हुन्छ ,’ उनले भने । गठबन्धन जनताले दिएको म्यान्डेट नभए पनि परिस्थितिले सृजना गरेको मुलुकको आवश्यकता भएको बताए ।

‘संविधान जोगाउनका लागि गठबन्धन कायमै राखेर चुनावमा जानुपर्ने बाध्यात्मक अवस्था छ ।