१५ बैशाख २०८१, शनिबार

कोरोनाबाट बेलायतमा फेरि एक नेपालीको मृत्यु

eye badur

कोरोना भाइरस (कोभीड-१९) को संक्रमणबाट बेलायतमा थप एकजना नेपालीको ज्यान गएको छ । लन्डनको वेम्बलीमा बस्दै आएका ४८ वर्षीय आइतबहादुर गुरुङको लण्डनको नार्थवीक पार्क अस्पातालमा उपचारका क्रममा निधन भएको तमु समाज यूकेका सल्लाहकार चन्द्रबहादुर गुरुङले जानकारी दिए ।

करिब एक दशकअघि उनको मुटुको भल्भ फेरिएको र अहिले उनको स्वास्थ्यस्थिति सामान्य रहेको गुरुङले बताएका छन् । उनी मृतकका आफन्त समेत हुन् । गतसाता मंगलबार अस्पताल भर्ना भएका गुरुङको बुधबार बिहान निधन भएको हो । यसघि नै उनलाई कोरोनाको पुष्टि भैसकेको थियो ।

लम्जुङ्ग जिल्लाको आमाडाँडा (पुरानो गाउँ पोखरा १०) मिलन टोल पुर्ख्यौली घर भएका मृतक गुरुङ सन् २००७ मा हङकङबाट बेलायत आएका थिए । उनकी श्रीमती र एक छोरा बेलायतमा नै बस्दै आएका छन् । हिजोमात्र बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको कोरोनाकै कारण निधन भएको थियो । बेलायतमा कोरोनाबाट २० जना जतिको निधन भैसकेको छ । आजसम्म बेलायतमा १८ हजारभन्दा बढीको कोरोनाका संक्रमणका कारण निधन भैसकेको छ ।