१५ बैशाख २०८१, शनिबार

एक्शन फिल्म ‘शमशेर’मा जोडिए हिमेश र सुमन

shamesher himesh panta

अभिनेता मनिष राउत र गौरव पहारीको मुख्य भुमिका रहने फिल्म ‘शमशेर’मा कमेडी च्याम्पियनको पहिलो सिजनका विजेता हिमेश पन्त र अभिनेता सुमन गौतम अनुबन्धित भएका छन् । हाल फिल्मको लागि मुख्य अभिनेत्रीको खोजी भैरहेको निर्माण टिमले जनाएको छ ।

एक्सन जनरामा निर्माण गरिनेमा एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको व्यानरको लगानी रहनेछ । फिल्ममा अभिनय गर्न लागेका हिमेश र सुमनको भुमिका कस्तो रहनेछ भन्ने चाहीँ खुलाइएको छैन् । सार्वजनिक लुक्समा उनीहरुलाई निकै फरक चरित्रमा प्रस्तुत गर्न लागिएको बुझ्न सकिन्छ ।

फिल्मको छायांकन काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा गरिनेछ । सीबड्र्स इन्टरटेनमेन्ट र धिरज प्रोडक्सनको सहकार्य रहने फिल्ममा सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको अभिनय हुनेछ । राकेश दाहालको पोस्टर डिजाइनर रहेको फिल्मका गीतमा अर्जुन पोखरेलको संगीत रहनेछ ।

    सम्बन्धित समाचार...