१३ जेष्ठ २०७९, शुक्रबार

चुनावमा सहभागी नहुने आहुतीको संकेत

Baigyanik Samajbadi party


वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको भोलिदेखि प्रथम राष्ट्रिय भेला

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका संयोजक विश्वभक्त दुलाल आहुतीले आफ्नो दल चुनावमा जाने कि नजाने भोलिको राष्ट्रिय भेलाले निर्णय लिने बताएका छन् ।

आज (बुधबार) पत्रकार सम्मेलन आयोजना गरी चुनावमा जानेलाई मात्र राजनीति नभनिने भन्दै चुनावमा भाग नलिने संकेत गरे ।

‘चुनावमा जानेलाई मात्र राजनीति भनिदैन,’ आहुतीले पत्रकार सम्मेलनमा भने,‘हामी चुनावमा जाने या नजाने भोलिको भेलाले तय गर्नेछ ।’ आहुतीले पार्टी एकीकरणबारे कुनै पार्टीसँग आधिकारिक छलफल नभएको बताए । उनले चुनाव बाहिरै बस्ने संकेत गर्दै राजनीतिका विभिन्न माध्यममध्ये चुनावमा भाग नलिनेलाई पनि भनिने सुनाए ।

कार्यक्रममा बोल्दै पार्टीका संयोजक विश्वभक्त दुलाल (आहुती)ले पार्टी एकिकरण बारे कुनै पार्टीसँग आधिकारीक छलफल नभएको बताए । स्थानीय चुनावमा जाने नजाने निर्णय प्रथम राष्ट्रिय भेलाले गर्ने उनले स्पष्ट पारे । चुनावमा मात्रै जाने लाई राजनीति नभननिने भन्दै उनले चुनाव बाहिर बस्ने पनि राजनीतिको विभिन्न आयाम मध्ये पर्ने बताए ।

Adhyakshha

पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य मदन अर्यालले प्रज्ञा भवन कमलादीमा भोलि १७ चैत्रको दिउँसो १२ बजे भेलाको उद्घाटन हुने र चैत्र १७ गते साझदेखि १९ गते सम्म भक्तपुरको बोडेमा बन्द सत्रको कार्यक्रम हुने जानकारी दिए ।

भेलामा ५० जिल्लाका ७० जना भन्दा बढीको उपस्थिति हुनुको साथै भारत, यूरोप, कोरिया र मध्य एसियाका देशहरुबाट समेत प्रतिनिधित्व हुने जानकारी दिए । प्रथम राष्ट्रिय भेलाले आजको वैज्ञानिक समाजवादको कार्यदिशा, प्रमुख उत्पादक शक्ति विज्ञानप्रविधिमा आधारित वैज्ञानिक समाजवादको स्वरुप, संरचना र कार्य योजना लगायतका कार्यक्रमहरु तय गर्ने जनाइएको छ ।

भेलाले नेपाली समाजको नयाँ वर्ग विश्लेषण, पितृसत्ता र जात व्यवस्थाको अन्त्यको स्पष्ट कार्यदिशा र कार्यनीति लगायतका कार्यक्रम लागू गर्न आवश्यक संरचनाहरु समेत निर्माण गर्ने जनाइएको छ ।

केन्द्रीय सदस्य मदन अर्यालले प्रथम राष्ट्रिय भेलाको उद्घाटन नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरण, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल लगायतका नेताहरु भेला उद्घाटनमा उपस्थित हुने जानकारी दिए ।

भेलामा अन्तर्राष्ट्रिय गीत र सास्कृतिक झाँकीहरु पनि कार्यक्रममा प्रस्तुत गरिने बताए । साथै उनले पार्टीको भेलाले वैज्ञानिक समाजवादी संस्कृतिका केही आयामहरुको घोषणा, सकल्प गर्ने पनि उल्लेख गरे ।

    सम्बन्धित समाचार...