१२ जेष्ठ २०७९, बिहीबार

पूर्णबहादुर खड्कालाई चुनावी कमान्डरको जिम्मेवारी

purna bhadur khakda
फाइल फोटो

सत्तारुढ नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय अवस्था र आवश्यकताका आधारमा अन्य दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो । स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रक्रिया अनुरुप अगाडि बढ्ने निर्णय भएको उहाँले बताउनुभयो ।

यस्तै, कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्कालाई चुनावी कमान्डर तोकेको छ ।

स्थानीय तह निर्वाचन केन्दीय परिचालन समितिको संयोजकमा उपसभापति खड्कालाई तोकिएको प्रवक्ता महतले जानकारी दिनुभयो । समितिको सदस्य पार्टी सभापति शेरबहादुर देउवाले आपसी परामर्शमा तोक्नुहुनेछ । बैठकले डा. प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार समिति पनि गठन गरेको छ ।