१३ बैशाख २०८१, बिहीबार

आदेश बदरको माग गर्दै पल शाह उच्च अदालतमा

paul shah
फाइल फोटो

नाबालिका गायिकालाई जबरजस्ती करणीको अभियोगमा तनहुँ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका पल शाहले तनहुँ जिल्ला अदालतको आदेश खारेज गरिपाऊँ भन्दै उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् ।

आज पलका तर्फबाट कानून व्यवसायीले तनहुँ जिल्ला अदालत थुनछेक आदेशविरुद्ध मङ्गलवार निवेदन दिएका हुन् ।

पललाई धरौटी वा तारेखमा छाडेर मुद्दा लड्न दिन निवेदनमा माग गरिएको छ ।

पलले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् । उनले अदालतमा समेत आफूले जबरजस्ती नगरेको बयान दिएका थिए ।

तनहुँ जिल्ला अदालतको चैत १० को आदेशले पल शाहलाई पुर्पक्षका लागि जेल चलान गरेको थियो ।