७ बैशाख २०८१, शुक्रबार

इस्तानबुलमा वार्ता हुँदै रुस र युक्रेनबीच

russia ukrine

रुस र युक्रेनबीच आज वार्ता हुँदैछ ।

छलफल टर्कीको राजधानी इस्तानबुलमा हुनेछ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति वार्ताका लागि आफू तटस्थ रहन तयार भएको बताएको भोलिपल्ट नै रुसले छलफलका लागि तयार रहेको बताएको थियो ।

छलफलका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीस समकक्षी रिसेप तैयप एर्दोगानसँग कुराकानी समेत गरेको बताइएको छ ।

वार्तामा सहभागी हुन रुस र युक्रेनका अधिकारी इस्तानबुल पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्याले जनाएका छन् । इस्तानबुलमा हुने कुराकानीलाई महत्वका साथ हेरिएको छ।

रुस र युक्रेनबीच हालसम्म भएको कैयन् चरणको वार्ताबाट ठोस निष्कर्ष निस्कन सकिएको छैन ।