१४ बैशाख २०८१, शुक्रबार

भाइ बुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ

arest

भाइ बुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजुलाई बझाङ प्रहरीले पक्राउ गरेको छ ।

२२ वर्षीया भाइ बुहारीलाई बलात्कार गरेको आरोपमा ४२ वर्षीय जेठाजुलाई प्रहरीले नियन्त्रणमा लिइ आइतबार मुद्दा दर्ता गराएको हो । गोपनीयताका कारण जेठाजु र बुहारी दुवै जनाको नाम भने प्रहरीले गोप्य राखेको छ ।

चैत १२ गते बेलुकी बुहारीको कोठाभित्र प्रवेश गरी हात र मुख च्यापी जबरजस्ती करणी गरेको भन्ने पीडितले चैत १३ गते जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

उजुरी प्रश्चात जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आरोपितको खोजी गर्दा देउरा बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख डिएसपी ज्ञानबहादुर विष्टले बताए ।