१५ चैत्र २०८०, बिहीबार

डेब्यु जित गुजरात टाइटन्सको आईपीएलमा

ipl

इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा गुजरात टाइटन्सले डेब्यु जित निकालेको छ ।

नवप्रवेशी गुजरातले अर्को नवप्रवेशी लखनऊ सुपर जायन्ट्समाथि ५ विकेटको जित निकाल्दै आईपीएलमा विजयी शुरूवात गरेको हो । १५९ रनको मध्यम लक्ष्य गुजरातले दुई बल अगावै ५ विकेट गुमाएर पूरा गरेको थियो ।

गुजरातका राहुल टिवेटिया ४० रनमा अविजित रहे । त्यस्तै कप्तान हार्दिक पाण्ड्याले ३३ रन जोड्दा म्याथ्यु वेड र डेविड मिलर समान ३०–३० रन बनाउँदै आउट भए । बलिङमा लखनऊका दुश्मन्था चामिराले २ विकेट लिए ।

यसअघि मुम्बईस्थित वानखेडे रंगशालामा टस हारेर ब्याटिङ गरेको लखनऊले निर्धारित ओभरमा ६ विकेटको नोक्सानीमा १५८ रन बनाएको थियो । उसका लागि दीपक हुडाले ५५ तथा आयुष बाडोनीले ५४ रनको अर्धशतकीय इनिंग्स खेले । त्यस्तै क्रुनल पाण्ड्या २१ रनमा नटआउट रहे ।

बलिङमा लखनऊका मोहम्मद सामीले ३ तथा वरुन आरोनले २ विकेट लिए । प्रतियोगिता अन्तर्गत आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबीच खेल हुनेछ ।