६ बैशाख २०८१, बिहीबार

किचलो दुई गुटमा देखियो कांग्रेसभित्र, भातृसंगठन सम्मै असन्तुष्टि

koirala panel

स्थानीय निर्वाचनकोे मुखमै कांग्रेसभित्र गुटगत किचलो सुरु भएको छ । चुनावी गठबन्धनका विषयमै पनि फरक मत रहिरहँदा नेविसंघ र तरुण दलको नेतृत्व चयनपछि यो सन्तुष्टि समानान्तरण गतिविधिमै पुगेको हो ।

यसअघि केन्द्रीय र प्रदेश कमिटिका विषयमा समेत डा. कोईराला पक्षले अन्तुष्टि जनाएको थियो । जुन दुई पक्षबीचको बिमेल अव भातृ संगठनसम्मै फैलिएको हो ।कांग्रेसको केन्द्रस्तरमा डा.शेखर कोईराला पक्ष र संस्थापन पक्षवीच बढेको असन्तुष्टि भातृ संगठनसम्म फैलिएको छ ।

स्थानीय तहको निर्वाचनको मुखै सभापति शेरबहादुर देउवाले नेविसंघ सभापतिमा दुजाङ शेर्पा र तरूण दल अध्यक्षमा विद्वान गुरूङलाई मनोनीत गरेसँगै कोइराला पक्षका तरुणदल तथा नेविसंघका कार्यकर्ताले आफू पक्षीय भेला नै आयोजना गरेका छन ।

प्रतिनिधिसभा र प्रदेश सभा चुनाव भएको तीन महिनाभित्र महाधिवेशन गरिसक्न समय दिदै सभापति देउवाले नेविसंघ र तरूण दलको नेतृत्व चयन गरेका हुन । तर अध्यक्षहरू मनोनीत गर्दा परामर्श नगरिएको इत्तरपक्षको गुनासो छ । साथै महाधिवेशन गर्नका लागि बनाइएको समितिमा अध्यक्ष मात्रै चयन गरेर कार्यसमिति नबनाएकोमा पनि विरोध भइरहेका छन् ।

स्मरणीय के छ भने यसअघि राजिव ढुंगानालाई पनि नेवि संघको महाधिवेशन गराउने गरी देउवाले टिको लगाएर नै अध्यक्ष बनाएका थिए । केन्द्रीय सदस्यमा फड्को मार्ने बाहेक काम नगरेका उनको ठाँउमा अहिले पनि टिको लाएर एकल अध्यक्षलाई जिम्मेबारी दिईएके हो ।

यसअघि केन्द्रीय समितिमा मनोयनका क्रमममा समेत आफूहरुलाई पेलेरै अघि बढेको कोईराला पक्षले बताँउदै आएको थियो । चौधौ महाधिवेशनपछि सभापतीले कार्यशैली परिवर्तन गरेर अघि बढ्ने आफूहरुको आशा भएपनि त्यसो हुन नसक्दा प्रतिवादमा उत्रिएको कोईराला पक्षीय नेताहरुको भनाई छ ।

सभापती देउवाले न्यूनतम राजनीतिक संस्कार पनि देखाउन नसकेको उनीहरुको तर्क छ । दशओटा भातृसंगठन रित्त रहँदा पनि काग्रेसले सुरक्षा दस्ताका रुपमा रहेको तरुण दल तथा नर्सरी मानिने नेवी संघमा भएको नियुक्तीलाई प्रश्नको घेरामा राखेका छन ।

यो राजनीतिक संस्कार र सम्मानसंग सम्बन्धित विषय भएकोले यसलाई ६०–४० को भागको रुपमा बुझ्न नहुने उनीहरुको तर्क छ । यता देउवा पक्षका नेताहरु भने यसलाई वाध्यताको रुपमा अथ्र्याउँछन् ।

महाधिवेशन गराउन छानेका अध्यक्ष नै केन्द्रीय समितिमा निर्वाचित भईसकेपछि तदर्थ समिति गठनको विकल्प नभएको उनीहरुको प्रत्येक निर्वाचनमा कांग्रेस हारको मुख्य कारण अन्तर्घातलाई मानिने गरेको छ । आन्तरिक किचलोकै कारण कांग्रेसले अवसर गुमाउने गरेको छ ।

कम्युनष्टिहरु छिन्नभिन्न बनेको अहिलेको अवस्था कांग्रेसका लागि सुवर्ण अवसर भएपनि गतिविधि त्यो अनुरुपको देखिएको छैन । निर्वाचनको मुखमै गुटगत गवतविधि र अन्तुष्टि बढेका छन । त्यसमाथि पनि यो प्रभाव प्रचार प्रसारमा महत्वपूर्ण मानिने भातृसंगठनमा देखिनु पक्कै पनि राम्रो हैन ।