१५ चैत्र २०८०, बिहीबार

(विवरणसहित) ७९ वटा दल भाग लिँदै स्थानीय तहको निर्वाचनमा, कुन जिल्लामा कति दल ?

nepal elecion commison

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा ७९ वटा दल भाग लिँदैछ । ७९ वटा मध्ये ६ नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी राष्ट्रिय दलको मान्यता पाएका दलहरु हुन् भने बाँकी ७३ वटा राष्ट्रिय दलको मान्यता नपाएका दल रहेका छन् ।

राजनीतिक दल सम्बन्धी ऐनमा राष्ट्रिय मान्यताप्राप्त दलले मात्र आफ्नै चुनाव चिह्न पाउने, अरु दललाई भने स्वतन्त्र उम्मेदवारसरह जुनसुकै चुनाव चिह्न दिन सकिने व्यवस्था रहेको छ । यो व्यवस्थाको दलहरुले विरोध गरेपछि अन्तत निर्वाचन आयोगले राष्ट्रिय मान्यता नपाएका दललाई पनि उनीहरुकै चुनाव चिह्न दिने निर्णय गरेको छ ।

आयोगले राष्ट्रिय मान्यता नपाएका दलसँग जिल्लागत संगठन संरचना माग ग¥यो र त्यस आधारमा जिल्लागत आधारमा चुनावमा प्रतिस्पर्धा गर्न सक्ने दलको संख्या निकालेको हो ।

अयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार दलहरुले बुझाएको जिल्लागत पार्टी संरचनाको विवरणको आधारमा दलीय चुनाव चिह्न उपलब्ध गराउने निर्णय गरेको हो ।

सबैभन्दा बढी काठमाडौंमा ४६ वटा दलले दलीय चुनाव चिह्न सहित चुनावमा भाग लिन पाउने भएका छन् भने सबैभन्दा कम मनाङ, मुस्ताङ र डोल्पामा ११ वटा दलले चुनावमा प्रतिस्पर्धा गर्न पाउने भएका छन् ।

कुन जिल्लामा कति ?

ताप्लेजुङ – ९
पाँचथर – ८
इलाम – ११
संखुवासभा ११
तेह्रथुम – ९
धनकुटा – १२
भोजपुर – १०
खोटाङ – १३
सोलुखुम्बु – १३
ओखलढुंगा – १३
उदयपुर – २२
झापा – ३०
मोरङ – ३३
सुनसरी – ३२
सप्तरी – २८
सिरहा – २६
धनुषा – २६
महोत्तरी – २०
सर्लाही – २९
रौतहट – ३०
बारा – २९
पर्सा – २७
दोलखा – १६
रामेछाप – १८
सिन्धुली – २०
काभ्रेपलाञ्चोक – २४
सिन्धुपाल्चोक – १९
रसुवा – १२
नुवाकोट – २२
धादिङ – २१
चितवन – २८
मकवानपुर – २४
भक्तपुर- २८
ललितपुर – ३१
काठमाडौं – ४०
गोरखा – १२
लमजुङ – १२
तनहुँ – १७
कास्की -२५
मनाङ – ५
मुस्ताङ – ५
पर्वत – १४
स्याङ्जा – १३
म्याग्दी – १४
बागलुङ – १३
नवलपरासी पूर्व – १६
नवलपरासी पश्चिम -२१
रुपन्देही – ३२
कपिलवस्तु – २१
पाल्पा – ९
अर्घाखाँची – ११
गुल्मी – ११
रुकुम पूर्व – ७
रोल्पा – ७
प्युठान – ९
दाङ – २१
बाँके – २३
बर्दिया – २०
रुकुम पश्चिम – ७
सल्यान – ७
डोल्पा – ५
जुम्ला – ८
मुगु – ९
हुम्ला – ९
कालीकोट – १४
जाजरकोट – ७
दैलेख – ८
सुर्खेत – १९
बाजुरा – ९
बझाङ – ७
डोटी – ९
अछाम – १०
दार्चुला – १०
बैतडी – १०
डडेलधुरा – १०
कञ्चनपुर – १९
कैलाली – २३