१३ बैशाख २०८१, बिहीबार

वैदेशिक रोजगार बोर्डको अनलाइन सेवा शुरु

baideshik

वैदेशिक रोजगार बोर्डले विदेशमा मृत्यु र अंगभंग भएका श्रमिकका परिवारलाई दिइने क्षतिपूर्ति सम्बन्धी सेवा अनलाइन प्रणाली मार्फत दिने भएको छ ।

सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार बोर्डले विदेशमा मृत्यु र अंगभंग भएका श्रमिकका परिवारलाई दिइने क्षतिपूर्ति सम्बन्धी सेवा अनलाइन प्रणाली मार्फत सुरु भएको बताउनु भएको हो ।

उहाँले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको सेवा प्रवाह थप प्रभावकारी बनाउनका लागि विभागबाट दिन आर्थिक साहयता लगायत अन्य सेवा अनलाइनबाट सुरु गरिएको बताउनुभयो ।

मन्त्री श्रेष्ठले एकपटक वैदेशिक रोजगारमा गएर फर्किएकाहरुले फेरि विदेश जाँदा अभिमुखीकरण तालिमको कक्षा लिनु नपर्ने व्यवस्था गरेको बताउनुभयो ।

बोर्डमार्फत क्षतिपूर्ति लिन अनलाइनबाटै आवेदन दिएर सीधै बैंक खातामा भुक्तानी लिन सकिने व्यवस्था लागु भएको भन्दै मन्त्री श्रेष्ठल पीडित श्रमिक र उनीहरूको परिवारलाई क्षतिपूर्ति र बीमा रकम पाउन सहज हुने विश्वास रहेको बताउनुभयो ।

त्यस्तै मन्त्री श्रेष्ठले लाइसेन्स प्राप्त मेनपावरहरुले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई ठगी गरेको वा दुख दिएको थाहा पाए तत्काल कडा कारबाही गरिने बताउनुभयो । उहाँले अहिले ३५ वटा मेनपावर कम्पनीहरुको अनुसन्धान गरिरहेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन वैदेशिक ऐन २०६४ संशोधन गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।