१६ चैत्र २०८०, शुक्रबार

खैलाबैला वाङ यीको नेपाल भ्रमण

Wang Yi nepal to china

चिनियाँ विदेशमन्त्री वाङ यी को दुई दिने नेपाल बसाई अर्थपूर्ण रहयो । चिनियाँ उच्च तहको नेपाल भ्रमणले नेपाल चीन सम्वन्ध र विकास परियोजनामा कस्तो प्रभाव पार्ला त ?

नेपाल भ्रमणका क्रममा पाँच जना उच्च पदस्थ नेपालीलाई मुख्य रुपमा भेटेका चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालबाट हुनसक्ने भूराजनीतिक खेल वा कुनै पनि गतिविधि चीनका लागि स्वीकार्य नहुने भन्ने अभिव्यक्तीले तरंगित बनाएको छ । नेपालमा मात्र नभई उनकै देशका मिडियाले समेत उनको अभिव्यक्तिलाईजोड दिए ।

चीनको सरकारी सञ्चारमाध्याम ग्लोबल टाइम्सले नेपालले हालै पारित गरेको एमसीसी नेपालबाट चीनमाथि हुनसक्ने भूराजनीतिक गतिविधिको एक अस्त्र हुनसक्नेप्रति चीन सरकार सचेत रहेको वाङको भनाई उल्लेख गरेको छ । तर, एमसीसीका विषयमा कुनै भेटमा नेपाल पक्षले कुरा नउठाएको र वाङलाई प्रष्ट नपारेको चिनिया मिडिया हरुले बताएका छन् ।

चिनियाँ स्टेट काउन्सिलर समेत रहेका वाङ यीले नेपालको सार्वभौमसत्ता, स्वाधीनता,आत्मनिर्णय तथा आन्तरिक मामिलामा दखल दिएर भूराजनीतिक खेलमा बाह्य शक्तिको संलग्नताको चीनले सख्त विरोध गर्ने उनको भनाइलाई ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

विदेशमन्त्री वाङ यीले नेपाल भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए ।

विदेशमन्त्री यी र माओवादी केन्द्रका अध्यक्ष दाहालबिचको बार्तामाबिआरआई परियोजना लगायतका परियोजनालाई कार्यान्वयनका निम्ति आवश्यक पहलकदमी लिनुपर्ने लगायत कुरामा छलफल भएको थियो ।

त्यस्तै, स्वदेश फर्कनु अघि विदेशमन्त्री यी ले नेकपा एमालेका केपी शर्मा ओलीलाई पनि भेटेका थिए । भेटमा बीआरआई अन्तर्गतका आयोजनाहरु सडक, सिंचाई, रेल, जलविद्युत र सीमानाका बनाउने कुराहरुमा छलफल भएको छ ।

विदेशमन्त्री यी ले चीन सरकार नेपाललाई विकासमा सधैं सहयोग गर्न तयार रहेको र दलहरूलाई नेपालको दीर्घकालीन चासो र नेपाली जनताको हितका पक्षमा काम गर्न चीन प्रोत्साहन गर्दछ भन्दै नेपालको स्वाधीन आन्तरिक तथा विदेश नीतिलाई समर्थन गर्ने जनाएको छ ।

वाङले नेपाल चीन र दक्षिण एसियाली राष्ट्रहरूबीचको सम्बन्धको सेतु बन्नुपर्नेमा जोड दिदैं नेपालले अन्य देशहरूसँग पनि पारस्पारिक सह–अस्तित्व र मैत्रीपूर्ण सम्बन्ध विकास गर्दै क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलामा भूराजनीतिक खेलको सीमालाई नियन्त्रण गर्ने विश्वास राखेका छन् ।