१० जेष्ठ २०७९, मंगलवार

छ दिनमा पाँच पटक पेट्रोल डिजेलको मूल्य बृद्धि

Petrol prices in nepal

नेपालमा समेत मुल्यवृद्धि भएको अबस्थामा भारतमा पनि ६ दिनमा पाँचौँ पटक पेट्रोल तथा डिजेलको मूल्य बढेको छ ।

आइतबार पेट्रोलमा प्रति लिटर मूल्य भारु ५० पैसा र डिजेलमा प्रति लिटर ५५ पैसा बढेको छ । यससँगै दिल्लीमा पेट्रोल प्रति लिटर मूल्य भारु ९९ दशमलब ११ पैसा भएको छ ।

त्यस्तै, डिजेल प्रति लिटर मूल्य भारु ९० दशमलब ४२ पैसा पुगेको छ । यसअघि पेट्रोल प्रति लिटर भारु ९८ दशमलब ६१ र डिजेल प्रति लिटर भारु ८९ दशमलब ८७ थियो । मूल्य दर देशभर बढेको छ र स्थानीय करका आधारमा राज्यअनुसार मूल्य फरक फरक छ ।

पछिल्लो पटक २२ मार्चमा मूल्य बृद्धि भएको थियो । यसअघि चारै पटक प्रति लिटर पेट्रोल तथा डिजेलमा ८० पैसा बढाइएको थियो ।