१३ बैशाख २०८१, बिहीबार

सर्लाहीमा पुलबाट बस खस्दा चार जनाको निधन, तीन दर्जन यात्रु घाइते

Accident 1

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको फुलजोर खोलाको पुलबाट बस खस्दा चार जनाको निधन भएको छ भने ३ दर्जन यात्रु घाइते भएका छन् ।

दुर्घटनामा परेर निधन भएका चार जनाको शव पोष्टमार्टमका लागि मलंगवा पठाइएको र घाइतेहरूको लालबन्दी र रानीगंजस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

वीरगंजबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुबस आइतबार बिहान पुलबाट तल खसेको हो । घाइतेको उद्धार जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घटनाको थप विवरण भने आउन बाँकी छ ।

बसको अगाडीको चक्का पड्किएर अनियन्त्रित भइ पुलबाट खसेको प्रहरीको प्रहरीको आश‌ंका छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएका छ ।

acc