१३ बैशाख २०८१, बिहीबार

(नामावली सूचीसहित) ६ सय ७६ निर्वाचन अधिकृत स्थानीय तह निर्वाचनकालागि नियुक्त

nepal elecion commison

आगामी ३० वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

जिल्ला न्यायाधीश तथा नेपाल सरकारका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतस्तरका ६ सय ७६ जनालाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको रुपमा नियुक्त गरेको हो  । 

आगामी २९ चैतदेखि जिम्मेवारी लागू हुनेगरी ६ सय ७६ जनालाई नियुक्त गरिएको आयोगले जनाएको छ । ‘निर्वाचन अधिकृतमा नियुक्त कर्मचारीको कार्यरत कार्यालयको ठेगना सरुवा वा अन्य कुनै कारणले फरक परेको भए हाल कार्यरत कार्यालयले नै व्योहोरा अवगत गरी खटाई पठाईदिन’समेत आयोगले निर्देशन दिएको छ ।

यसरी नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्वाचन व्यवस्थापन अभिमुखीकरण तालिमका लागि ३० चैत गते विराटनगर, धुलिखेल, पोखरा, नेपालगञ्ज तथा २ वैशाखमा जनकपुर, हेटौडा, वुटवल र धनगढीमा तालिमको कार्यक्रमसमेत तय गरिएको छ ।

0507504411
0507545772
0507582483
0508016494
0508046745
0508081996
0508113957