१३ बैशाख २०८१, बिहीबार

बेलायतद्वारा एक रुसी खर्बपतिका दुईवटा जेट विमान कब्जा

russin biness man

बेलायतले एक रुसी खर्बपतिका दुईवटा निजी जेट विमानलाई कब्जामा लिएको छ ।

रुसले युक्रेनमाथि सैन्य हमला गरेपछि पश्चिमी राष्ट्रहरुले रुस र रुसलाई समर्थन गर्ने संस्था र व्यक्तिहरुको बैंक ब्यालेन्सदेखि सम्पत्तिमा प्रतिबन्ध लगाएको थियो ।

रुसले राजधानी किभमा सैन्य हमला तीव्र पारे पनि शहरभित्र छिर्न नसकेपछि एकमहिने लामो युद्धको पहिलो चरण अन्त्य भएको घोषणा गरेको एकदिनपछि रुसी खर्बपतिको जेट विमान कब्जामा लिइएको हो ।

खर्बपति युगेन सिबिद्लरको प्रत्यक्ष रुपमा क्रेमलिनको सम्पर्कमा रहेको आरोप लगाउँदै विमानहरु कब्जामा लिएको बेलायती अर्थसचिव ग्रान्ट स्यापले बताउनुभएको हो ।

ती विमानहरु बेलायतले अनिश्चितकालसम्मका लागि कब्जामा लिएको बताइएको अलजजिराले उलेख्ख गरेकाे छ । ती विमानहरु बेलायतमा केही दिनदेखि ह्याङ्गरमा छन् ।

    सम्बन्धित समाचार...