७ बैशाख २०८१, शुक्रबार

बक्स अफिसमा आरआरआरको दबदबा

rrr

बाहुबली फेम्ड निर्देशक राजामौलीको फिल्म ‘आरआरआर’ शुक्रबार बाट फिल्म हलहरुमा प्रदर्शन भइरहेको छ । फिल्म रिलिज हुनेबित्तिकै जनताको अपेक्षा पूरा भएको देखिन्छ । बाहुबली पछि एसएस राजामौलीको आरआरआरले जनताको मन जितेको देखिन्छ । फिल्म हलबाट निस्कनेहरू फिल्मको तारिफ गर्दा थाकेका छैनन् ।

साउथ फिल्मका सुपरस्टार जुनियर एनटीआर र रामचरण साथै बलिउडकी चर्चित अभिनेत्री आलिया भट्टको मुख्य भूमिका रहेको फिल्म आरआरआरले विश्वभरबाट कमाई गरिरहेको छ । रिपोर्टका अनुसार अमेरिका, क्यानडा र अमेरिका जस्ता देशमा पनि फिल्मले राम्रो व्यापार गरिरहेको छ । योसँगै यसको पहिलो दिनको कमाई पनि सार्वजनिक भएको छ ।

हिन्दी र तेलुगुका अलावा तमिल, कन्नड र मलायालममा पनि फिल्म ‘आरआरआर’ रिलिज भइसकेको छ तर यी राज्यबाट फिल्मले अपेक्षा गरेको जस्तो समर्थन भने पाउन सकेको छैन ।

जुनियर एनटीआर र रामचरण दुवै साउथ सुपरस्टार हुन्। यसबाहेक राजामौली आफ्नो उत्कृष्ट निर्देशनका लागि पनि चर्चित छन् । फिल्मले तेलुगु संस्करणमा उच्चतम कलेक्सन गरेको छ। फिल्मको शुक्रबारको पहिलो शो बिहानैदेखि सुरु भएको थियो भने बेलुकासम्म हल दर्शकले खचाखच भरिएको देखिएको थियो ।

ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार

भारतीय इन्टरटेन्टमेन्ट इन्डस्ट्री ट्र्याकर रमेश बालाले फिल्मले भारतको दक्षिण क्षेत्रमा मात्र नभई विश्वका अन्य देशमा पनि अत्यधिक कमाई गरिरहेको बताएका छन् । रमेश बालाको ट्विटका अनुसार फिल्मले साउथमा सय करोडभन्दा बढीको कमाई गरिसकेको छ र अहिलेसम्म कैयौं रेकर्ड तोडेको छ । यसका अलावा आरआरआरले अस्ट्रेलिया र न्युजिल्याण्डमा पनि राम्रो व्यापार गरेको छ ।