११ जेष्ठ २०७९, बुधबार

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि पनि राष्ट्रिय एकता आवश्यक : प्रधानमन्त्री

deuba 4

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय एकतालाई बलियो बनाउनु आजको आवश्यकता भएको बताउनुभएको छ । 

बिपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको १४औँ वार्षिक साधारण सभालाई आज यहाँ सम्बोधन गर्नुहुँदै  उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि पनि राष्ट्रिय एकता आवश्यक रहेको र यसको नेतृत्व काँग्रेसले गर्ने बताउनुभएको हो । 

ROS KTM Pmdeuba BPHOSPITAL

प्रधानमन्त्री देउवाले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्‍याउनका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा नियन्त्रणमा सरकार सफल भएको छ भन्नुभयो । उहाँले संविधानको रक्षा र कार्यान्वयनमा सहयोग गर्न सबै राजनीतिक दललाई आग्रह पनि गर्नुभयो । 

नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले आसन्न स्थानीय तहको निर्वाचनमा काँग्रेसले गठबन्धन बिना नै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।  उहाँले देशमा पछिल्लो समय व्यापार घाटा बढिरहेकाले त्यसलाई कम गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । 

ROS KTM PMDEUBA 1

अस्पतालका अध्यक्ष डा.केदारनरसिंह केसीले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा कम्तीमा पनि २० प्रतिशत बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह गर्दै नेपालको चिकित्सा क्षेत्रमा देखिएको विकृति अन्त्य गर्न सम्बन्धित सबै पक्ष एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा अस्पतालमा उत्कृष्ट सेवा प्रदान गर्ने विभिन्न विधाका कर्मचारीलाई सम्मान गरिएको थियो । सभाले नयाँ कार्यसमिति तय गर्नेछ ।