१३ बैशाख २०८१, बिहीबार

नाम र चुनाव चिन्हमा परिवर्तनको शर्त सहित रवीन्द्र मिश्र राप्रपा छिर्दै

rajendra lingden rabindra mishra
फाइल फोटो

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गर्ने छलफल अन्तिम चरणमा पुगेका छन् । उनले पार्टी एकताको सन्देश दिन नाम र चुनाव चिन्हमा ध्यान दिएका छन् ।

राप्रपाले पुरानै नाममा जोड दिएको छ । उसले चुनाव चिन्ह् पनि हलो नै राख्न खोजेको छ । तर विवेकशील साझाले राप्रपाको नाम परिवर्तनमा जोड दिएको छ ।

चुनाव चिन्ह् पनि केही फरक बनाउने गरी छलफल बढाएको छ । विश्वस्त स्रोतका अनुसार मिश्रले राप्रपा मात्र नाम राख्दा आफू पार्टी प्रवेश गरेको सन्देश जाने भन्दै केही परिवर्तनको आशा राखेका छन् । तर, राप्रपाको नाममा अध्यक्ष राजेन्द्र लिङ्देनले अडान कसेका छन् । लिङ्देन कुनै हालतमा नाम परिवर्तनको पक्षमा छैनन् । यसले मिश्र अप्ठ्यारोमा परेका छन् ।