१३ बैशाख २०८१, बिहीबार

Breaking News पल शाह थुनामा पठाउन अदालतको आदेश

paul

अदालतले नायक पल शाहलाई जेल चलान गर्न आदेश दिएको छ।

काठमाडौं । नाबालिका एक गायिकालाई बलात्कार गरेको मुद्दामा पक्राउ परेका कलाकार पल शाहलाई तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

पलका म्यानेजर कृष्ण जोशीलाई भने एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि उनलाई थुनामा पठाउने आदेश दिएको जिल्ला अदालत तनहुँका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिए ।

प्रहरी हिरासतमा रहेका नायक शाहविरुद्ध सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएपछि मंगलबार, बुधबार र विहिबारको थुनछेक बहस चलेको थियो ।

प्रहरी हिरासतमा रहेका नायक शाहको ३ बजेदेखि बयान लिएको थियो ।

प्रतिवादीद्धय पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट ७ जना कानुन व्यवसायीले बहस गरेका थिए।

जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अभियुक्त पललाई बलात्कार र उनका म्यानेजर कृष्ण जोशीलाई मतियारका रूपमा अधिकतम सजाय माग गर्दै सोमबार जिल्ला अदालतमा अभियोग पत्र पेश गरेको थियो।

१२ देखि १४ वर्षको कैद सजाय माग गर्दैै जिल्ला अदालत तनहुँमा चैत ८ गते मुद्दा दर्ता भएको थियो। पीडित बालिका १६ बर्षभन्दा कम उमेर भएकाले १२ देखि १४ बर्षसम्मको कैद सजायको र मनासिब क्षतिपुर्ति माग राख्दै मुद्दा दर्ता भएको हो ।

पल विरुद्ध नाबालिग गायिकाको परिवारले फकाएर बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा जाहेरी दिएका थिए।