५ जेष्ठ २०८१, शनिबार

२ जना कोरोना संक्रमित निको भएर शनिबार घर फर्किए, १ नयाँ संक्रमित थपिए

corona discharged nepal

प्रसिद्धि श्रेष्ठ शुक्रराज ट्रपिक तथा सरूवा रोग अस्पतालमा २७ दिनसम्म उपचार गरी घर फर्किएकी छिन्। उनी फ्रान्सबाट कतार हुँदै गत चैत ४ गते नेपाल आएकी थिइन्। नेपाल आएपछि गरीएको परीक्षणमा उनमा कोरोना संक्रमण देखिए पछि उनलाई चैत ९ गते अस्पताल भर्ना गरिएको थियो।

त्यसैगरी बाग्लुङको धौलागिरी अस्पतालमा उपचाररता एक ६५ वर्षिय महिला निको भएर घर फर्किएकी छन् । उनी चैत ४ गते कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएकी थिइन ।

घरमै सेल्फ क्वारेन्टाइनमा बसेकी उनीसँगै आएकी युवतीमा कोरोना संक्रमण देखिएपछि उनको पनि परीक्षण गराइएको थियो।

डिस्चार्ज हुनु अघि दुवैजना को पछिल्लो दुइ रिपोर्ट नेगिटिभ आएको थियो ।

उनीसँगै बेल्जियमबाट आएकी नातेदार समेत पर्ने १९ वर्षीया युवती पनि कोरोना संक्रमणपछि सोही अस्पतालमै छिन्। युवतीको भने चौथो परीक्षणको नतिजा पनि पोजेटिभ नै आएको छ। बाँकी २७ जना संक्रमित अस्तपालमै छन्।

थप एक जनामा कोरोना भाइरस संक्रमण

नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण पाइएको छ । संक्रमित दुईजना निको भएर अस्पतालबाट घर गएकै दिन फेरि अर्का एकजनालाई संक्रमण पाइएको हो ।

स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमा अध्यावधिक गरेको तथ्यांकअनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ ।
संक्रमित ६५ वर्षीय पुरुष भए पनि मन्त्रालयले उनको ठेगाना र अरु विवरण खुलाएको छैन ।