७ जेष्ठ २०८१, सोमबार

भारतमा कोरोना भाइरसबाट प्रहरी एसपीको मृत्यु

anil kohli

भारतको पञ्जाबस्थित लुधियाना जिल्लाका प्रहरी एसपीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

५२ वर्षीय एसपी अनिल कोहलीको मृत्यु भएको हो । भारतीय मिडियाका अनुसार उनी अप्रिल १३ मा कोरोना संक्रमित भएका थिए । साथै उनलाई मिर्गौला समन्धी समस्या पनि रहेको बताइएको छ । कोहलीकी पत्नीको पनि कोरोना परीक्षणमा पोजिटिभ रिपोर्ट आएको छ । उनको उपचार भइरहेको छ ।

भारतमा हालसम्म कोरोना संक्रमितको संख्या १४ हजार ४ सय २५ पुगिसकेको छ । यस्ते ४ सय ८८ को मृत्यु भइसकेको छ ।