६ बैशाख २०८१, बिहीबार

लगातार आक्रमण गरिरहेको युक्रेनमा युद्धको विनाश

ukrine

अहिले रूस-युक्रेन युद्ध भइरहेको छ । रुसले युक्रेनमाथि २५ दिनदेखि लगातार आक्रमण गरिरहेको छ । रूसी सेनाले युक्रेनका कैयौँ शहर नियन्त्रणमा लिएको छ भने विभिन्न शहरमा आक्रमण गरिरहेको छ ।

विश्वयुद्धपछिकै डरलाग्दो शरणार्थी संकट देखिएको पश्चिमा सञ्चारमाध्यमले जनाएका छन् । रुसको आक्रमणले युक्रेनका विभिन्न स्थान पूर्ण रुपले क्षतिग्रस्त बनेको छ । हाल युक्रेनभरि खतराको साइरन बजाइएको छ ।

युक्रेनमाथि भएको रुसी हमलाका कारण ३५ लाखभन्दा बढी युक्रेनीले देश छाडेको शरणार्थीका लागि राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय युएनएचसिआर ले जनाएको छ ।

फेब्रुअरी २४ मा रूसी आक्रमण शुरु भएदेखि अहिलेसम्म लगभग १५ लाख बालबालिका युक्रेनबाट बाहिरिएका छन्। संयुक्त राष्ट्र बाल कोषका प्रवक्ता जेम्स एल्डरले भने, हरेक मिनेट ५५ जना बालबालिका देश युक्रेन छाडेर विदेशिने गरेका छन् ।

युक्रेनमा हिंसाबाट भागिरहेका १० मध्ये ९ जना महिला तथा केटाकेटी रहेको युनिसेफले तथ्यांक केही दिनअघि जारी गरेको थियो । युक्रेनको भूमिमा धुँवाको मुस्लो र सैन्य गतिविधिलाई स्याटलाइटबाट खिचिएको छ ।

ukrine 1