१३ बैशाख २०८१, बिहीबार

किचलो चुनावी तालमेलको: माओवादीलाई काँग्रेसले दियो भिखारीको संज्ञा, प्रचण्ड चिढिए

gathabandhan

स्थानीय निर्वाचन नजिकिएसँगै चुनावी तालमेललाई लिएर सत्ता गठबन्धनमा आवद्ध दलहरुका फरक-फरक धारणा सार्वजिक भइरहेका छन् । जसमा नेपाली काँग्रेस एक्लै चुनावी मैदानमा जाने रणनीतिका साथ अगाडि बढिरहँदा अन्य दलहरु भने काँग्रेसले दभ्म देखाएको भन्दै चिढिन थालेका छन् ।

स्थानीय तहको निर्वाचन नजिकिएसँगै चुनावी सरगर्मी बढ्दो छ । यद्दपी सत्ता गठबन्धनमा भने चुनावी तालमेललाई लिएर तीव्र मतभेद छ । नेपाली काँग्रेस चुनावी तालमेलाई लिएर अनिर्णित बन्दा गठबन्धनका अन्य दलहरु चिढिन थालेका छन् ।

यतिसम्म कि नेपाली काँग्रेसभीत्र चुनावी तालमेलको विपक्षमा रहेका शेखर कोइराला पक्षधरका नेताहरु र गठबन्धनका शीर्ष नेताहरु बीच सार्वजनिक मञ्चमै जुहारी चल्न थालेको छ ।

माओवादी र एकीकृत समाजवादीलाई चमेरोको संज्ञा दिएका काँग्रेसका उपसभापति धनराज गुरुङले सोमबार मात्र चुनावी तालमेल गर्न दवाब दिईरहेका दललाई भिखारीकै संज्ञा दिन समेत भ्याए ।

स्थानीय तहको चुनावी संघारमा दलहरुबीचको यो खालको तित्तताले यी पार्टीहरुमा कसरी चुनावी तालमेल होला ? र कसरी गठबन्धन गर्लान भन्ने संशय कायम छ ।

गुरूङको यो अभिव्यक्तिबाट चिढिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफमा काँग्रेसको सो टिप्पणी गैह्जिम्मेवार भन्दै सरकारबाट काँग्रेसलाई निकाल्ने ताकत माओवादीसँग रहेको भन्दै आक्रोश पोखे । य

तिमात्रै होइन आफ्नै पार्टीको बलमा यो सरकार बनेको भन्दै दम्ब नदेखाउँन र आफ्नै तागतमा चुनावी परिणाम ल्याउन सक्षम रहेको प्रचण्डले दाबी गरे । त्यसोत काग्रेसका कोइराला पक्षका नेताहरु चुनावी तालमेललाई त्यागेर आफूलाई पार्टीभित्र प्रभावशाली बनाउँन चाहान्छन् ।

उनीहरु पार्टीभित्र देउवाले चाहेको मात्रै हुँदैन है भन्ने सन्देश समेत स्थापीत गराउन चाहान्छन् । यसकारण पनि देउवा यतिबेला पार्टीभीत्र चुनावी तालमेललाई लिएर दोहोरो मारमा परेका छन् ।

यद्दपी चुनावी तालमेल पनि गर्न नचाहाने र कम्युनिष्टको तालमेल हुन्छ कि र यसले काँग्रेसलाई थप समस्यामा पार्न सक्ने भन्दै काँग्रेस चुनावी तालमेलबाट भाग्न पनि सकेको छैन् । वाम एकता हुन नदिने रणनीतिमा काँग्रेस अगाडि बढेको पनि विश्लेषणहरु भईरहेका छन् ।

गठबन्धनभीत्र चुनावी तालमेललाई लिएर फरक-फरक मत सार्वजनिक भइरहँदा सत्ता पक्षियका शीर्ष तीन नेताबीच मंगलवार छलफल चलेको छ ।

चुनावी तालमेल गठबन्धनको दुई धारमा रहेको काँग्रेसले केन्द्रीय कमिटीको बैठकपछि गठबन्धन गर्ने नगर्ने छिनाफानो गर्ने भएको छ । जसले के निर्णय गर्छ त्यसले नेपालको आगामी राजनीतिक यात्रा तय गर्ने देखिन्छ ।