११ बैशाख २०८१, मंगलवार

चौध वर्ष कैद सजाय माग गर्दै पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा बलात्कार मुद्दा दर्ता

paul shah
फाइल फोटो

नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका नायक पल शाहविरुद्ध तनहूँ जिल्लामा मुद्दा दर्ता भएको छ। सरकारी वकिलको कार्यालय तनहुँले जिल्ला अदालतमा बलात्कारविरुद्धको मुद्दा दर्ता गराएको हो ।

नाबालिका एक गायिकाले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई १५ फागुनमा नियन्त्रणमा लिएको थियो । प्रहरीको फरार सूचीमा रहेका पल आफै प्रहरी समक्ष पुगेका थिए । ११ फागुनमा नाबालिक गायिकाले पलविरुद्ध बलात्कार तथा यौन हिंसा गरेको भन्दै जाहेरी दिएकी थिइन् ।

अभियोगपत्रमा १२ देखि १४ वर्षको जेल सजाय मागदावी गरिएको जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले जानकारी दिनुभयाे। उहाँका म्यानेजर कृष्ण जोशीलाई मतियारको रूपमा देखाइएको छ । जाेशीलाई भने पललाई मागदावी गरेको सजायको आधा कैद सजाय माग गरेको उहाँले बताउनुभयाे ।

अब जिल्ला अदालतले उनीहरूसँग बयान लिनेछ । त्यसपछि थुनछेक बहस हुने बताइएकाे छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकाएर हिजो अनुसन्धान रिपोर्ट सरकारी वकिलको कार्यालयमा बुझाएको थियो।