१६ चैत्र २०८०, शुक्रबार

लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडादर बढाउने तयारी

bus park

सरकारले सार्वजनिक यातायातको भाडादर बढाउने तयारी गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज यातायात व्यवसायीसँग भएको छलफलमा पुनः भाडादर समायोजन गर्न सरकारले सहमति जनाएको हो । योसँगै अबको केहि दिनमा सार्वजनिक यातायातको भाडादर समायोजन हुने भएको छ ।

यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सवारीको भाडा बढाउनुपर्ने सिफारिस सहितको प्रतिवेदन तयार गरेको छ । प्रतिवेदन अनुसार एक–दुई दिनमै विभागबाट मन्त्रालयमा पेश हुने र भाडा बढाउने निर्णय हुनेछ ।

संघ सरकारले भाडा बढाएमा प्रदेश सरकारहरुले पनि मध्यम र छोटो दूरीका सवारीको भाडा बढाउनु पर्नेछ । हालकै अवस्थामा सार्वजनिक सवारीमा करिब ११ देखि साढे ११ प्रतिशतसम्म भाडा बढ्न सक्ने देखिएको छ ।

पेट्रोलियम पदार्थको समायोजन गर्दा न्युनतम थ्रेसहोल्ड नाघेमा स्वचालित रुपमा भाडा समायोजन हुने गरी व्यवस्था गर्न प्रस्ताव गरिएको छ । यस्तोमा तेलको मूल्य बढ्दा सवारी भाडा पनि बढ्ने र घट्दा पनि घट्ने सुनिश्चित हुने बताइएको छ । विभागको यस्तो प्रस्तावमा यातायात व्यवसायीहरु पनि सहमत भएका छन् ।