१३ बैशाख २०८१, बिहीबार

भोलि एमाले प्रवेश गर्ने करिश्मा मानन्धर र पूर्वमन्त्री सिंह

karishma
फाइल फोटो

अभिनेत्री करिश्मा मानन्धर मंगलबार नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।

अभिनेत्री मानन्धरसँगै पूर्वमन्त्री समेत भइसकेका प्रेमबहादुर सिंह एमाले प्रवेश गर्न लागेका हुन् ।

उनीहरू दुवै जनालाई मंगलबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने एमालेका एक नेताले जानकारी दिए ।

सिंह समाजवादी जनता पार्टीका अध्यक्षसमेत हुन् । अभिनेत्री मानन्धर पहिले नयाँ शक्ति पार्टीमा सक्रिय थिइन् । उनी पनि आफ्नो समूहसहित एमालेमा प्रवेश गर्ने ती नेताले जानकारी दिए ।