१४ बैशाख २०८१, शुक्रबार

कांग्रेसको निर्णय नपर्खी अगाडि बढ्न नेपाललाई प्रचण्डको प्रस्ताव

prachanda madav
फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टेलिफोन सम्पर्क गरी नेकपा एकीकृत समाजवादीसँग कांग्रेसलाई नपर्खी अगाडि बढ्न प्रस्ताव गरेका छन् ।

चुनावी तालमेलका विषयमा कांग्रेसको निर्णय नपर्खी अगाडि बढ्न माधवकुमार नेपाललाई अध्यक्ष प्रचण्डले फोनवातामा प्रस्ताव गरेका हुन् ।

त्यस्तै आजमात्रै साँखुमा आयोजित पार्टीको एक कार्यक्रममा अध्यक्ष नेपालले कांग्रेसले निर्णय नलिए पनि आपसमा मिलेर चुनावी तालमेलबारे तयारी गर्न प्रस्ताव गरेको खुलाएका हुन् ।