
फाइल फोटो
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टेलिफोन सम्पर्क गरी नेकपा एकीकृत समाजवादीसँग कांग्रेसलाई नपर्खी अगाडि बढ्न प्रस्ताव गरेका छन् ।
चुनावी तालमेलका विषयमा कांग्रेसको निर्णय नपर्खी अगाडि बढ्न माधवकुमार नेपाललाई अध्यक्ष प्रचण्डले फोनवातामा प्रस्ताव गरेका हुन् ।
त्यस्तै आजमात्रै साँखुमा आयोजित पार्टीको एक कार्यक्रममा अध्यक्ष नेपालले कांग्रेसले निर्णय नलिए पनि आपसमा मिलेर चुनावी तालमेलबारे तयारी गर्न प्रस्ताव गरेको खुलाएका हुन् ।