१५ बैशाख २०८१, शनिबार

(सूचीसहित) न्याय सेवाका १८५ कर्मचारीको सरुवा

nyaya sewa

न्याय सेवा आयोगको बैठकले न्याय सेवाका १८५ जना कर्मचारीको सरुवा गर्ने निर्णय गरेको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा आइतवार बसेको बैठकले उक्त सेवाका १८५ कर्मचारीलाई सरुवा गर्ने निर्णय गरेको हाे ।

न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार सरुवा हुनेमा ११ सहसचिव, ४० उपसचिव र १३४ अधिकृत गरी १८५ कर्मचारीको रहेका छन् ।

बैठकले जिल्ला न्यायाधीशको परीक्षा उत्तीर्ण गरेका दुईलाई जिल्ला न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको छ ।

लिखित परीक्षा तथा अन्तर्वार्ता परीक्षा उत्तीर्ण हुनुभएका भुवन गिरी र ओमबहादुर सोडारीलाई बैठकले जिल्ला न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको कार्कीले जानकारी दिनुभयाे ।

सूची यस प्रकार छ ।

    सम्बन्धित समाचार...