
फाइल फोटो
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिष्ट नेताहरु जनता सामु एउटा र अन्तर्राष्ट्रिय जगतमा अर्को कुरा गर्न माहिर रहेको भन्दै आलोचना गर्नुभएको छ ।
आज नेपाली कांग्रेस काठमाडौ क्षैत्र नम्बर १ ले घर घर जाउ कांग्रेस जिताउ अभियान अन्तर्गत बुद्धनगरमा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले एमसीसीको सन्दर्भमा कम्युनिष्टहरुले दोहोरो चरित्र देखाएको आरोप लगाउनुभएको हो ।
कम्युनिष्ट पार्टीहरु भ्रमको खेती गर्न खप्पिस रहेको भन्दै उहाँले मतदाताका घर–घरमा पुगेर उनीहरुको वास्तविकता बताउनुपर्ने बताउनुभयो । कार्यक्रममा उहाँले जुनसुकै मित्र राष्ट्रले मुलुक र जनताको हितमा दिने सहयोग लिन सकिने बताउनुभयो ।
अहिले एमसीसीको विषयमा फैलिएको नकारात्मक हल्लाको पछि नलाग्न समेत उहाँले आग्रह गर्नुभयो ।