१४ बैशाख २०८१, शुक्रबार

बहुप्रतीक्षित फिल्म ‘आरआरआर’ हेर्दा ३ घन्टा हलमा बस्नुपर्ने

RRR

बाहुबली फेम्ड निर्देशक राजामौलीको फिल्म ‘आरआरआर’ नेपालमा समेत बहुप्रतीक्षित हो ।

यो फिल्म शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म ‘आरआरआर’ नेपालमा पनि हिन्दी भाषामा रिलिज हुँदैछ । फिल्मले बक्स अफिसमा सुनामी नै ल्याउने अपेक्षा गरिएको छ । ‘बाहुबली’ निर्देशक एसएस राजमौलीको फिल्म भएकाले पनि दर्शकले यो फिल्मलाई अझै बढी प्रतिक्षा गरेका हुन् ।

यो फिल्ममा जुनियर एनटीआर, रामचरण, आलिया भट्ट, अजय देवगण लगायतका कलाकारको अभिनय छ । फिल्म ‘आरआरआर’ हेर्ने हो भने तपाइले करिब ४ घन्टाको समय छुट्याउनुपर्नेछ । किनकी, यो फिल्मको समय ३ घन्टा ६ मिनेट ५४ सेकेन्डको छ । यसैले, दर्शकले फिल्मका लागि मात्र ३ घन्टा भन्दा बढी समय खर्चिनुपर्नेछ ।

फिल्मको समय बढी हुँदा हलमा यो फिल्मको शो कम हुने पक्का छ ।