७ बैशाख २०८१, शुक्रबार

तीन हप्ताकाे भीषण हमलापछि मारियोपोल रुसी फौजकाे नियन्त्रणमा

russian

लामो समयदेखि घेराबन्दीमा पारेकाे दक्षिणपूर्वी बन्दरगाह शहर मारियोपोलमा रुसी फौज भित्री शहरसम्म पुगेका छन् । अजोभ समुन्द्रमा पहुँच समाप्त भएको एकदिनपछि मारियोपोल पनि रुसी सेनाको नियन्त्रणमा आएको अलजजिराले जनाएको हो ।

तीनहप्ताको भीषण हमलापछि रुसी फौजको नियन्त्रणमा परेपछि सबैभन्दा बढी विध्वंस हमला मारियोपोलमा भएका तस्बिरहरु बाहिर आएका छन् । ‘बालबालिका र ज्येष्ठ नागरिकहरुको दैनिकी कष्टकर छ, शहर ध्वस्त भएको र पृथ्वीको मुहार नै बिग्रने गरी मारियोपोल नष्ट भएको छ ।’ पश्चिमी शक्ति राष्ट्रहरुलाई सम्बोधन गर्नुहुँदै मारियोपोल प्रहरी अधिकारी मिचाइल भर्सनिले जानकारी दिनुभयो ।

अजोभ समुन्द्रमा युक्रेनी पहुँच समाप्त पार्दै रुसी फौजले सन् २०१४ मा अधिनस्थ युक्रेनी भूभाग क्रिमियामा मस्को समर्थित युक्रेनी विद्रोहीको कब्जामा रहेको लुहान्स्कबाट सिधै सम्पर्क हुने बताइएको छ ।

मारियोपोलका नगरप्रमुख भाड्म बोयेचेन्कोले बीबीसीमा दिनुभएको समाचार अनुसार शहरको मुख्य केन्द्रका सडकहरुमा भिडन्त जारी छ ।

ट्यांक, आर्टलरी र विभिन्न प्रकारका हातहतियार सुसजित रुसी सेनाहरु धेरै मात्रामा शहरमा छिरेका छन्, हाम्रा युक्रेनी सेनाले सक्दो प्रयास गरेका छन् तर थोरै भएकाले नाकाम जस्तै छन् ।

‘शान्त भएको एउटा सानो टुक्रा पनि छैन शहरमा जहाँ युद्धको डोब नभएको संकेत होस् ’ उहाँले भन्नुभयो ।