१२ बैशाख २०८१, बुधबार

पूर्वअन्तर्राष्ट्रिय खेलाडीको गोली हानी हत्या

पूर्वअन्तर्राष्ट्रिय खेलाडीको गोली हानी हत्या

अर्जेन्टिनाका पूर्वअन्तर्राष्ट्रिय रग्बी खेलाडी फेडेरिको मार्टिन अराम्बुरुको फ्रान्समा गोली हानी हत्या गरिएको बताइएको छ ।

अर्जेन्टिनका लागि २२ खेल खेलेका ४२ वर्षीय खेलाडीले फ्रान्समा २००७ मा भएको विश्वकपमा अर्जेन्टिनालाई तेस्रो स्थानमा दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । फ्रान्सेली अखबारका अनुसार उनको शनिबार बिहान गोली हानी हत्या गरिएको हो ।

बारमा केही मानिसहरूसँग उनको झगडा परेको थियो । पछि उनीहरु कारमा फर्किएर उनमाथि गोली हानेका थिए । पेरिस अभियोजकको कार्यालयले हत्याको अनुसन्धान सुरु गरेको छ। शंकास्पद तीन जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।