१२ बैशाख २०८१, बुधबार

कोपा अमेरिकाः अर्जेन्टिनाले बोलिभियालाई हरायो

argoal

कोपा अमेरिका अन्तरगत अर्जेन्टिनाले बोलिभियालाई पराजित गरेको छ । आज विहान सम्पन्न खेलमा अर्जेन्टिनाले बोलिभियालाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको हो । जीतसंगै अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ भने बोलिभिया प्रतियोगिताबाट बाहिरिएको छ ।

खेलको ६औँ मिनेटमा लियोनल मेसीको एसिस्टमा गोमेजले आकर्षक गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३३ औँ मिनेटमा बोलिभियाले डिबक्स भित्र फल गरेपछि पाएको पेनाल्टीमा कप्तान मेसीले गोल गर्दै अग्रता दोब्बर पारे । खेलको ४२ औँ मिनेटमा कप्तान मेसीले नै आकर्षक गोल गर्दै अग्रता तेब्बर पारे । पहिलो हाफमा ३–० ले अगाडि रहेको खेलमा दोस्रो हाफमा दुवै टिमले एक–एक गोल गरे ।

खेलको ६० औँ मिनेटमा साभेद्राले गोल गर्दै बोलिभियालाई खेलमा फर्काउन प्रयास गरेका थिए । तर त्यसको ५ मिनेटपछि ६५ औँ मिनेटमा अर्जेन्टिनाका मार्टिनेजले गोल गरेपछि अर्जेन्टिनाको जित निश्चित भएको थियो ।