८ बैशाख २०८१, शनिबार

ठूलो पराजय व्यहोर्नेछ एमालेले निर्वाचनमा: मन्त्री आले

prem ale
फाइल फोटो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आगामी निर्वाचन एमालेले ठूलो पराजय व्यहोर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा गौरीशंकर च्छोरोल्पा मिडियाको दोश्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले आगामी निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने दावी गरेको एमालेले ठूलो पराजय व्यहोर्नुपर्ने बताएका हुन् ।

उनले एमाले सरकारको पालामा बतासलाई कौडीको भाउमा नारायणहिटी र पशुपति धर्मशाला दिएको भन्दै यसको जवाफ वैशाख ३० गतेको निर्वाचनबाट पाउने धारणा राखे ।

त्यस्तै उहाले आफुलाई एकीकृत समाजवादीले निकै ठूलो जिम्मेवारी दिएको भन्दै आफू मन्त्री पदमा रहुन्जेल कसैको शीर निहुरन नदिने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।