१६ मंसिर २०७९, शुक्रबार

आफ्ना हवाई रक्षकहरुले रुसका कम्तीमा १२ रुसी हवाई निशाना ध्वस्त पारिदिएको युक्रेनको दाबी

article

आफ्ना हवाई रक्षकहरुले रुसका कम्तीमा १२ रुसी हवाई निशाना ध्वस्त पारिदिएको युक्रेनको सशक्त फौजले दाबी गरेको छ । युक्रेनी फौजले रुसका दुई विमान, तीन ओटा हेलिकोप्टर, तीन ओटा ड्रोन र चार ओटा क्रुज मिसाइल ध्वस्त पारिदिएको दाबी गरेको हो ।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिलम्ब नगरी वार्ताको टेबुलमा बस्न रुसलाई आह्वान गर्नुभएको छ । रूसी गोलाबारीले अझै पनि मारिउपोलबाट प्रभावकारी मानवीय कोरिडोर स्थापना गर्न रोकिरहेको उहाँले बताउनु भयो ।

रुसले २४ फेब्रुवरीदेखि युक्रेनमाथि हमला जारी राखेको छ । रुसी हमलामा २५ लाख भन्दाबढी युक्रेनीले देश छोडेर विभिन्न मुलुकमा शरण लिएका छन् । रुसी हमलामा सयौंको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झन्डै १०० जना बालबालिका रहेको अनुमान गरिएको छ । हमलाका कारण दैनिक सयौं बालबालिका बिस्थापित हुने गरेको विभिन्न विवरणहरुमा जनाइएको छ ।