१६ चैत्र २०८०, शुक्रबार

जनप्रिय कार्यक्रम लिएर एमाले चुनावमा जाने : अध्यक्ष ओली

oli 1

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले आगामी निर्वाचनमा जनप्रिय कार्यक्रम लिएर जनतामा जाने बताउनुभएको छ ।

मदन भण्डारी फाउण्डेशनको तेस्रो राष्ट्रिय सम्मेलनको आज काठमाडौँमा उद्घाटन गर्नुहुँदै अध्यक्ष ओलीले नेकपा एमालेले असत्यका विरुद्ध विचारको बाढी ल्याउने गरी अभियान चलाउने बताउनुभयो ।

समृद्ध नेपाल, सुखी नेपाली भन्नु नै जनताको बहुदलीय जनवादको रूपान्तरण भएको जानकारी दिनुहुँदै उहाँले त्यसलाई साकार पार्न बुद्धिजीवीहरूले समाजको समस्या पहिचान गरी समाधानका उपायहरू निकाल्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मदन भण्डारी फाउण्डेशनसँग सहकार्य गर्दै आएका त्रिभुवन विश्व विद्यालयका विभिन्न विभागका प्रमुखहरूलाई प्रशंसा पत्र प्रदान गरिएको छ ।

देशभरिबाट प्रतिनिधिहरूको सहभागिता रहेको सम्मेलनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने फाउण्डेशनका सचिव पेम्बा लामाले जानकारी दिनुभयो ।