२१ बैशाख २०८१, शुक्रबार

बिहानै १६ सय जना सडकमा नै थुनिए

IMG 8606

ड्युटी सकेर फर्किने क्रममा त्रिवि शिक्षण अस्पतालमा कार्यारत चिकित्सकमाथि प्रहरीले कुटपिट गरेपछि प्रहरीको व्यवहारमा प्रश्न उठेको छ। लकडाउनलाई प्रभावकारी बनाउन र कोरोनाको रोकथाम, उपचारको लागि चिकित्कसदेखि प्रहरीक फन्ट लाइनमा खटिएका छन्। तर, बेलाबेलामा एक प्रहरीले गर्ने व्यवहारको कारण पूरै प्रहरी संगठन नै आलोचित हुनुपर्ने हुन्छ।

बुधवार राती तीन जना आवासीय चिकित्सक अस्पतालबाट फर्किँने क्रममा तीन चिकित्सक माथि कुटपिट भएको राष्ट्रिय आवासीय चिकित्सक संघले विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ। लकडाउनको समयमा तीन जना हिडेको भन्दै प्रहरीले कुटपिट गरेको थियो। घटनाको छानविन गर्न महानगरीय प्रहरी कार्यालयले समिति समेत गठन गरेको छ। लकडाउन उल्लङ्घन गर्ने कसैलाई पनि कुटपिट गर्न निर्देशन नदिएको कार्यालयका डिआइजी विश्वराज पोखरेलले जानकारी दिए। परिचयपत्र देखाउँदा पनि कुटपिट गर्नुलाई गलत भएको उनले बताए।

लकडाउन उल्लङ्घन गर्ने दिनै बढ्दै गएका छन्। आज बिहान ८ बजेसम्म उपत्यकाभित्रबाट प्रहरीले १६ सय २१ जनालाई नियन्त्रणमा लिएको छ। जसमा २ सय ६१ वटा सवारी साधन समेत रहेका छन्। यसरी नियन्त्रणमा लिएका मानिसलाई तीन घण्टासम्म सडकमा उभ्याएर राख्छ।

हामीले कसैलाई लठ्ठी हान्ने आदेश दिएको छैन। उल्लङ्घन गरेको भए सडकमा तीन घण्टा थुन्ने मात्र भनेका छौं, डिआइजी पोखरेलले भने।