१९ बैशाख २०८१, बुधबार

राजधानी किभमा शक्तिशाली विस्फोट, आवासीय क्षेत्र निसानामा

kiev

रुसले युक्रेनमा आक्रमण गरेको २० दिन भयो, तर युद्ध रोकिने छाटकाँट देखिएको छैन् । सोमबार भएको वार्ता पनि असफल भए पछि युद्ध अझै कति समय चल्ने हो भन्ने यकिन छैन । रुसले बार्ता असफल भए पछि फेरि युक्रेनमा बमवारी थप तीव्र बनाएको छ ।

मंगलबार पनि युक्रेनको राजधानी किभमा ठुला ठुला विस्फोटका आवज सुनिएका छन् । तर, रुसले आक्रमण गरेको तीन साता हुनै लाग्दा पनि युक्रेनमा कब्जा भने जमाउन सकेको छैन । युद्ध विराम हुने आकलनका विच सोमबार साँझ दुवै देशमा प्रतिनिधिबीचको शान्तिवार्ता विफल भएको छ । जुन वार्ता असफल भए पछि रुस थप आक्रमक देखिएको हो ।

तर आफ्ना १२,००० भन्दा बढी सेना र हजारौ सैन्य सामग्री गुमाएको रुसले चीनसँग सहयोग मागेको खवरहरु बाहिरिएका छन् । तर यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन । यता युक्रेन रुसका सामु २० औं दिन सम्म टिकीरहे पनि भौतिक र मानवीय क्षतिको अवस्था दयनीय छ ।

यसैविच, युक्रेनका राष्ट्रपतिका सल्लाहकारले युक्रेन–रुस युद्ध मे महिनाको सुरुवातसम्म समाप्त हुने आँकलन गरेका छन् । रुससँग युक्रेनमाथि हमला गर्नका लागि स्रोत साधन सिद्धिएपछि युद्ध रोकिन सक्ने अनुमान उनले व्यक्त गरेका छन् ।

राष्ट्रपतिका सल्लाहकार ओलेक्सी अरेस्टोविचले रुस–युक्रेन युद्धको मे महिनाको स्थितिको विषयमा उनले दुईवटा सम्भावना व्यक्त गरेका छन् । एक वा दुई शान्ति सम्झौता हुनसक्ने र सेना फिर्ता जान सक्ने उनको आँकलन छ भने, दोस्रो राउन्डमा सिरियाली लडाकूलाई प्रयोग गर्ने कोसिस हुनसक्ने भनाई छ ।

यसअघि अमेरिकाले रुसले युक्रेनमा लडाईंका लागि सिरियाली लडाकुलाई प्रयोग गर्ने कोसिस गरिरहेको दाबी गरेको थियो । यद्यपि, यो दाबीको पुष्टि भने हुन सकेको छैन ।