२२ बैशाख २०८२, सोमबार

ड्युटी सकेर फर्किएका चिकित्सक परिचयपत्र देखाउँदा देखाउँदै कुटिए

drpitai

लकडाउनमा बाहिर निस्केको भन्दै त्रिवि शिक्षण अस्पताल (महाराजगन्ज) का आवासीय चिकित्सकलाई प्रहरीले हातपात र लठ्ठी चार्ज गरेका छन्।

ड्युटी सकेर फर्किने क्रममा त्रिवि शिक्षण अस्पतालमा कार्यारत चिकित्सक माथि प्रहरीले कुटपिट गरेको छ। बुधवार राती तीन जना आवासीय चिकित्सक अस्पतालबाट फर्किँने क्रममा कुटपिट भएको राष्ट्रिय आवासीय चिकित्सक संघले विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ।

कान्ति अस्पतालको पछाडि रहेको ओरालोमा प्रहरीले कुटपिट गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। परिचयपत्र र अस्पतालबाट फर्किएको जानकारी गराउँदा पनि प्रहरी गाली गर्दै कुटपिट गरेको हो।

प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ। घटनाको छानविन गर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले समिति गठन गरेको छ।

हाम्रा प्रहरीले त्यस्तो काम गरेको भए गलत हो। हामी कारबाहीको दायरामा ल्याउँछौं, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले भने।

बुधवार राति चिकित्सकसँग विवाद भएपछि प्रहरीले लाठी प्रहार गरेका थिए। एसएसपी किरन बज्रचार्यको नेतृत्वमा छानबिन सुरु भइसकेको छ।