१२ बैशाख २०८१, बुधबार

बढ्दै तापक्रम, सजग रहन आग्रह

temperature

नेपालमा केहीदिनदेखि तापक्रम बढ्न थालेको छ । मौसम विज्ञान विभागको रेकर्ड अनुसार ३० डिग्रीदेखि ४० डिग्रीसम्म तापक्रम रेकर्ड भएको छ ।

विभागले ३९ वटा केन्द्रमा ३० देखि ३५ डिग्री र एउटा केन्द्रमा ४० डिग्री तापक्रम रेकर्ड भएको जानकारी दिएको छ । यो क्रम केही दिन अझै बढ्ने भएकाले सजग रहन विभागले आग्रह गरेको छ ।

जलवायु विज्ञ डाक्टर धर्मराज उप्रेतीले तराईमा ४० डिग्री र पहाडमा ३० डिग्री भन्दामाथि तापक्रप पुगेको अवस्थामा तातो हावा आउने उल्लेख गर्नुभयो ।

तातो हावा चलेको अवस्थामा पर्यावरण सुख्खा रहने, कम पानि पर्ने हुँदा प्रदुषण बढ्ने र ठुलो वेगको हावा चल्दा भौतिक संरचनाहरुमा क्षति पुग्नसक्छ ।

यस्तो अवस्थामा सर्वसाधारणलाई पूर्वसूचना दिनुपर्ने जानकारहरुले बताएका छन् । तापक्रम वृद्धि भई अत्याधिक हावा चल्ने हुँदा कृषि प्रणालीमा समेत असर पर्ने भएकाले सजग हुनुपर्छ ।

जलवायु परिवर्तनकाे असर देखिएकाे जानकारहरूले बताएका छन ।