१६ चैत्र २०८०, शुक्रबार

चार दिनयता नेपालमा कोरोनाबाट निधन हुने संख्या शून्य, मंगलवार ८३ संक्रमित थपिए

corona insurance

चार दिनयता नेपालमा कोरोना संक्रमणबाट निधन हुनेका संख्या शून्य रहेको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्यांकअनुसार शुक्रबारयता कोरोना संक्रमणकै कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सात हजार आठ सय ८४ नमूना परीक्षण गरिएकोमा जम्मा ८३ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

यस अवधिका एक सय ३० जना कोरोनामुक्त पनि भएका छन् ।

नेपालमा हाल चार हजार सात सय ४६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।