१६ चैत्र २०८०, शुक्रबार

तापक्रम बढ्ने क्रममा जारी देशभर, काठमाडौँको तापक्रम ३१.२ डिग्री सेल्सियस

temperature

पछिल्लो समय देशको तापक्रम ह्वात्तै बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर तापक्रम बढ्ने क्रममा रहेको छ । गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ । मंगलबार काठमाडौँको अधिकतम तापक्रम ३१.२ डिग्री सेल्सियस पुगेको थियो ।

देशभर सबैभन्दा बढी धरानमा ३५.७ डिग्री सेल्सियस, नेपालगञ्जमा ३३ डिग्री सेल्सियस, जनकपुरमा ३३.५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।

महाशाखाका अनुसार बुधबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा अपराह्नतिर मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

बिहीबार देशभर मौसम सामान्यतया सफा रहने छ। शुक्रबार देशका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।