१३ बैशाख २०८१, बिहीबार

प्रम देउवासँग साउदी राजकुमार फैसल बिनको भेटवार्ता

deuba 1

नेपालको दुई दिने भ्रमणमा रहेका साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैसल बिन फरहान अल साउदले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

सोमबार श्रीलंकाबाट नेपाल आइपुगेका साउदी राजकुमार फैसल प्रधानमन्त्री देउवाबीच मंगलबार बालुवाटारमा शिष्टाचार भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटमा आपसी सहकार्य र द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ । त्यसअघि परराष्ट्रमन्त्री नारायण खड्का र साउदीका विदेशमन्त्रीसमेत रहेका राजकुमार फैसलबीच परराष्ट्र मन्त्रालयमा पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।