११ जेष्ठ २०७९, बुधबार

‘जनरल कोअप्रेसन एग्रिमेन्ट’मा हस्ताक्षर नेपाल र साउदी अरबबीच

nepal saudi

नेपाल र साउदी अरबबीच जनरल को अप्रेसन एग्रिमेन्ट (सहयोग सम्झैता)मा हस्ताक्षर भएको छ ।

मंगलबार विहान सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरव परराष्ट्रमन्त्री स्तरीय बैठकमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदीका तर्फबाट साउदी विदेशीमन्त्री फैसल विन फरहान अल साउदले हस्ताक्षर गरेका छन् । यस सम्झौतापछि नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य गर्न बाटो खुलेकाे बताइएकाे छ ।

दुई दिने नेपाल भ्रमणको सिलसिलामा साउदी अरबका विदेशमन्त्री तथा साउदी राजकुमार साउद सोमबार काठमाडौं आइपुगेका हुन् । उनले आज नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

    सम्बन्धित समाचार...